पालिका उपचुनाव : दिउँसाे २ बजेसम्म ५० प्रतिशत मतदान
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न सरकार लागिरहेकाे बताउनुभएको छ । हिजाे काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको बताउनुभएको हो ।
'समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ', उहाँले भन्नुभयो ।
मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको पनि बताउनुभयो । सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको उहाँको भनाइ थियो ।