ई-पासपोर्टको लागि अनलाइन बुकिङ गरेकाहरुलाई बिहान ७ बजेदेखि सेवा दिँदै विभाग

 माघ २४, २०७८ सोमबार १२:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान सात बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ । पुरानो बुकिङ भएकाहरुलाई बिहान सातबजेदेखि दश बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ । 

यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो । नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको विभागका सूचना अधिकारी शरदराज अरनले उज्यालोलाई जानकारी दिनुभयो ।

केही समय कोरोनाका कारण रोकिएको सेवा प्रभाव अहिले पुरानै अवस्थामा सञ्चालन भइसकेको छ । यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।
 

5 Comments

  • Sudish kumar prajapati

    Feb. 9, 2022, 11:26 a.m.

    फागुण १ गतेको छ , हुन्छ कि हुँदैन ??

  • Dinesh Kumar rai

    Feb. 9, 2022, 8:14 a.m.

    I want e-passport

  • Baburambanjade

    Feb. 8, 2022, 10:15 p.m.

    तुरुन्त चाहियो /

  • Sanam majhi

    Feb. 8, 2022, 9:20 p.m.

    म फागुन १ गते आउँदा हुन्छ ? पहिलोपटक इ पासपोर्ट बनाउन लागेको वैदेशिक रोजगारीको लागि , यसको लागि के के चाहिन्छ, अनि खर्च कति लाग्छ ? मलाई तुरुन्त चाहिएको छ / थप जानकारीको लागि कहाँ सम्पर्क गर्ने ?

  • Bhakta Bahadur Gurung

    Feb. 8, 2022, 3:41 p.m.

    इ पासपोर्टको लागि /

तपाईको प्रतिक्रिया