उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारीको नाममा शैक्षिक परामर्शका लागि खुलेका विभिन्न कन्सलटेन्सीहरुले एक महिनामै ५ करोड रुपैयाँ ठगी गरेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्थाले नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर गएको महिना मात्रै ५ करोडौँ रकम ठगी गरेको पाइएको हो ।
एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिगतसहित गएको महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र त्यसको हर्जानासहित ७ करोड रुपैयाँ बराबरको मुद्दा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको छ ।
कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ असल गरी सञ्चालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।
विभागले हालसालै इन्टरनेसनल एक्पो एण्ड ट्राभल सर्भिस प्राली र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालीले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणका मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताउनुभयो ।
महानिर्देशक पौडेलका अनुसार शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये अहिले ३ वटाको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताउनुभएको छ ।
सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताउनुभयो ।