उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
धादिङ – धादिङको रुवी भ्याली गाउँपालिका ५ लापाको ठुलो गाउँमा सुरक्षित वैदेशिक रोजगारीको लागि समुदाय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना र परामर्श दिने उद्देश्यले समुदाय अभिमुखीकरण कार्यक्रमको आयोजना निवर्तमान वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा लहैलहैमा जाँदा लापामा विभिन्न समस्या आएको भन्दै तामाङले लापावासीले रोजगारीका लागि विदेश जाँदा कुनै समस्या भोग्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
समुदाय अभिमुखीकरण कार्यक्रममा स्थानीय लगायत लापा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको समेत सहभागिता गरिएको हो ।
श्री लापा कुकु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष म्लङगे तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रम्बा तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा लापा रेडक्रस उपशाखाका सभापति मिम्बा तामाङ, लापा माविका प्रधानाध्यापक शशीप्रसाद चौधरी, लापा प्रहरी चौकी इन्चार्ज युवराज गुरुङ, वडा नम्बर ५ का वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजना धादिङका कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले सुरक्षित वैदेशिक रोजगारको लागि अपनाउने प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।
विदेश जानु पूर्व सीप अनिवार्य सिक्नुपर्ने, आफू जाने देशबारेमा जानकारी हुनुपर्ने, बिमा, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, नेपालकै एयरपोर्ट प्रयोग गर्ने र कागजपत्रको महत्त्वको विषयमा जानकारी गराउनुभएको थियो ।
स्वदेशमै रोजगारी गरौँ तथा विदेश जाने भए सही सूचना लिएर मात्रै जाऔँ भन्ने उद्देश्यले धादिङको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालनमा रहेको छ । सामी नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय परियोजना हो ।
थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।