उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।
रोल्पाकाका ३७ वर्षीय कुलबहादुर घर्ती र सल्यानका ३६ वर्षीय सुमन शेर्पालीविरुद्ध उजुरी परेको हो । उनीहरुले रोजगारीको लागि अजरबैजान पठाइदिने भन्दै रोल्पाका तेजबहादुर वली र बिमलराज डाँगी, दाङका रत्न बाठामगर र सल्यानका छवी वलीलाई ठगी गरेको विभागले जनाएको छ ।
विभागका अनुसार चारै जनाबाट ३१ लाख २६ हजार रुपैयाँ लिएर बिमलराज डाँगीलाई अजरबैजानसम्म पुर्याइ र बाँकी तीन जनालाई भारतमा लिइ अलपत्र पारेको हो । दुवै जना विरुद्ध बिगो रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जाना रकम समेत गरि ४७ लाख ६९ हजार पाँच सय रुपैयाँ बिगो दाबीसहित विभागमा उजुरी परेको छ ।