उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरि विदेश जानबाट राेक्नुपर्ने बताउनुभएकाे छ । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाण्डौमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशकाे जनशक्ति विदेश पलायन भएकाेप्रति चिन्ता व्यक्त गर्नुभयाे ।
देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको भन्दै आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्नतर्फ भरपुर कोसिस गर्ने पनि मन्त्री कुँवरले बताउनुभयाे । जोश जाँगर र देशलाई आवश्यक पर्ने जनशक्तिलाई यहीँ विकास निर्माणका काममा परिचालन गर्ने उहाँकाे भनाइ छ ।