उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा काठमाण्डौ महानगरको टोली पुगेको छ । नियमविपरीत बनेका संरचना हटाउन आज महानगरको टोली राहदानी विभाग पुगेको हो ।
राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ । महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु हटाएका छन् । दैनिक २५ सय भन्दा धेरै सेवाग्राहीलाई सेवा दिँदै आएको राहदानी विभागले भने उनीहरुलाई बस्नको लागि ठाउँको अभाव भएकाले बेसमेन्टमा बस्ने व्यवस्था गरेको जनाएको छ ।
महानगरले नक्सा पास गर्दा उल्लेखित बाहेकका संरचना बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । हिजो बानेश्वरमा रहेको अल्फा बिटाको नियमविपरीत संरचना हटाएको थियो भने अस्ति काठमाण्डौ मल लगायत अरु क्षेत्रका नियम विपरीतका संरचना हटाएको थियो ।
महानगरले पार्किङकाे लागि भनेर बनाएका तर अन्य प्रयाेजनमा प्रयाेग भइरहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेकाे थियाे । ताेकिएकाे अवधिसम्म पनि संरचना नहटाउँदा महानगर आफै 'एक्सन' मा उत्रेकाे हाे ।