उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका १६ जना नेपाली श्रमिक कोमा (बेहाेसीकाे गहिराे अवस्था)मा रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन ‘नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२’ ले दुई महिला र १४ पुरुष गरी १६ जना नेपाली श्रमिक कोमामा रहेको देखाएको छ ।
तीमध्ये १२ जना कतारमा मात्रै कोमामा छन् । त्यहाँका विभिन्न अस्पतालमा अचेत अवस्थामा उनीहरु रहेका छन् । बेलाबेला सरकारले उद्धार गरेर नेपाल ल्याउने गरे पनि प्रक्रिया पूरा नभएका वा थप उपचारको आवश्यकता भएकाहरुलाई उतैका विभिन्न अस्पतालमा राखिएका छन् ।
कतारमा सन् २०२० देखि नै ११ जना नेपाली श्रमिक कोमामा रहेकोमा २०२१ मा एक जना थपिएर अहिले संख्या १२ पुगेको छ । जसमध्ये एकजना महिला रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै साउदी अरबमा पनि सन् २०२० मा एक महिला र तीन पुरुष गरी ४ जना कोमामा थिए । अहिले साउदीमा २ जना मात्र कोमामा रहेका छन् । यस्तै ओमानमा एक जना महिला श्रमिक र दक्षिण कोरियामा एक जना पुरुष श्रमिक कोमामा रहेका छन् ।
गन्तव्य देशमा कोमामा रहेका वा सघन उपचार गराइरहेका श्रमिकको उद्धार गर्न कठिन हुने वैदेशिक रोजगार बोर्डको भनाइ छ । यसको लागि एअरलाइन्समा विशेष सिटको व्यवस्थादेखि नेपाल ल्याएर कहाँ राख्ने, परिवारले जिम्मेवारी लिन सक्ने कि नसक्ने लगायतका कुराले उद्धारमा समस्या रहेको बोर्डले बताउने गरेको छ ।
तर पनि गैरसरकारी संस्थाकाे सहयाेग, विदेशमा रहेका नेपाली श्रमिक सञ्जाल, संघसंस्था, एनआरएनए र नेपाली नियाेसँगको सहकार्यमा सरकारले त्यस्ता श्रमिकहरुलाई उद्धार गरेर नेपाल ल्याउने गरेको छ । गएको साउनमा मात्रै साउदीबाट कोमामा रहेका एकजनालाई नेपाल ल्याइएको थियो ।
वैदेशिक राेजगारीले काेमामा पुर्याएका श्रमिकका कथा पढ्नुहाेस् :