उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही थपघट भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ र बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ०८ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ २५ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ८४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।