पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
हाल त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तार गर्नका लागि विमानस्थल सञ्चालन राती १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक दश घण्टा घटाएको छ । यो कात्र्तिकको २२ गते देखि शुरु भएर चैत्र १८ गते सम्म रहने छ । विमानस्थलको सञ्चालन समय घटेपछि विदेशी वायुसेवा कम्पनीले आफ्नो उडानहरु कटौती गरेका छन् र यसको प्रत्यक्ष असर हवाई भाडामा परेको देखिन्छ । युएइ, कतार, साउदी अरेबिया, कुवेत लगायतका देशहरु नेपाली श्रमिकका मुख्य गन्तव्य देशहरु हुन् । नेपाली श्रमिकको रोजगारीको प्रमुख गन्तव्य मुलुकको हवाई भाडा अस्वाभाविक रूपमा बढेकाकाले यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका छन् । खाडी तथा मलेसिया उड्न हवाई कम्पनीले सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध गराउँदै आएका थिए । अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ पुगेकोमा श्रमिकहरुको गुनासो छ । बढेको टिकट मुल्यले बैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका श्रमिकहरु रोकिन बाध्य भएका छन् । यो अवस्थालाई सहज बनाउन बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका विभिन्न निकाय र संघ संस्थाहरुले वकालत गरिरहेका छन् । कार्यक्रम देश परदेशको अंक ६४६ मा हामीले बढेको टिकट मुल्यले श्रमिक र बैदेशिक रोजगार श्रेत्रलाई परिरहेको अप्ठ्यारोबारे नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसँग कुराकानी गरेका छौं ।