युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेलीले टस जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालकाे 'ए' टाेलीका कप्तान विनाेद भण्डारीले पहिले बलिङ गर्ने निर्णय लिएका छन् । याे समाचार तयार पार्दासम्म आयरल्यान्ड–उल्भ्सले ५ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएकाे छ ।
टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।
यसैगरी नेपालको 'ए' टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।
नेपाली टोलीको प्लेइङ–११ मा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेन्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।