युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो ।
पञ्जाबका कप्तान शिखर धवानले ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जोनी बेयरस्टोले ४२ र लियाम लिभिङस्टोनले अविजित २८ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ९९ रन बनाएको थियो ।
उसका क्विन्टन डि ककले सर्वाधिक ५४ रन बनाए । कप्तान निकोलस पूरन ४२ रनमा आउट भए । कुर्नाल पाण्ड्या ४३ रनमा अविजित रहे । आईपीएल क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद तथा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।