उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै भाेलि उम्मेदवारको नामावाली प्रकाशन, पर्सि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदैछ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपचुनाव हुन लागेको हो ।
इलाम–२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङसहित नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गराएन ।
उपचुनावका लागि इलाम–२ मा ७९ मतदानस्थल र एकसय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झण्डै एक लाख १५ हजार आठ सय मतदाता छन् ।
त्यस्तै बझाङ प्रदेशसभा–१ (क) को उपचुनावका लागि विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । बझाङ प्रदेशसभा १ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । त्यहाँ ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।