उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको पश्चिम क्षेत्रको गाउँ हाङ्पाङको मेहेले घर भएकी गायत्रादेवी आचार्य घरकोे आगनबाट जीप गाडी चडेर जिल्ला सदरमुकाम फुङलिङमा ओर्लिदा दङग पर्नुभयो ।
६० वर्षकी आचार्यलाई घरको आगनबाट जीप चढेर सदरमुका ओर्लन्छु भन्ने लागेको थिएन । तर चौतर्फ सडक निर्माणले एकदिन लगाएर खाजा–चामल बोकेर हिँड्ने गरेको बाटो २ घण्टामा आइपुग्दा आश्चार्यमा परेको बताउनुभयो ।
ताप्लेजुङको तमोर करिडोरमा रहेको तमोर नदीमाथिको पुल निर्माण तथा स्थानीय सरकारको पहलमा बनेका गाउँका सडक सञ्जालले बिकट गाउँका बासिन्दालाई यात्रा गर्न सहज भएको छ । ताप्लेजुङबाट चीनको सिमानासम्म जोड्ने उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्गले ताप्लेजुङका उत्तरी गाउँलेहरुको दैनिकीमा फेरबदल ल्याएको छ ।
सडक सञ्जाल गाउँसम्म पुगेपछि तीन दिनको पौदल यात्रामा मात्र पुगिने लेलेपमा दैनिक उपभोग्य सामाग्रीदेखि अन्य निर्माणका सामाग्री एकै दिन पुग्न थालेको छ । सरस्वती च्यारीबुक माविका प्रधानाध्यपक रामबहादुर तामाङले लेलेपको सिमानामा पर्ने तापेथोककोमा सो मार्गको ट्रयाक खुलेपछि जीप तथा ट्क्यक्टरबाट समान ढुवानी भएपछि सहजता भएको बताउनुभयो ।
दश वर्ष अगाडिदेखि निर्माण थालिएको त्योे मार्गले ताप्लेजुङको फुरुम्बु, लिङखिम, तापेथोक, लेलेप, ओलाङचुङगोला, इखाबु, सावदेन, खेजेनिमलगायतका गाउँहरुका हजारौं नागरिकलाई सहता ल्याएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ (लिम्बू)ले जानकारी दिनुभयो ।
चाँडै चीनको सिमानासम्म सडक सञ्जाल जोडिएपछि अझै प्रदेश नम्बर १ कै लागि चीनबाट सामान खरिद गर्न सहज हुने अध्यक्ष एभेङले बताउनुभयो । सडक सञ्जाल गाउँमा जोडिएपछि गाउँमा उत्पादन भएको सामाग्रीहरु शहरमा पुर्याउन समेत सहज छ ।
ताप्लेजुङका पूर्वी गाउँहरु मध्यपहाडी लोकमार्गले समेत जोडेको छ । ताप्लेजुङका एक दर्जन गाउँसहित पाँचथरको च्याङ्थापु, फलैचालगायत एक दर्जनभन्दा बढी स्थानका स्थानीयवासीलाई झापाको बिर्तामोड पुग्न दुई दिन लाग्ने गरेको थियो । तर अब सहज भएको छ ।
सदरमुकाम फुङलिङबाट हिँडेर एक दिनको यात्रामा मात्र झापा पुगिन्थ्यो, तर अहिले मध्यपहाडी लोकमार्ग गाउँकै बीचबाट बनेपछि उनीहरुको दैनिकी फेरिएको छ । ताप्लेजुङको कालिखोला, सादेवा, सुरुम्खिमसहित पाँचथरको फलैचा, च्याङ्थापुलगायत स्थानका स्थानीयवासी बिहान बस चढेर दिउँसो २ देखि ३ बजेसम्ममा झापाको बिर्तामोड पुग्छन् ।
सदरमुकाम जान पनि सहजता भएको स्थानीयवासी बताउछन् । मध्यपहाडी लोकमार्गले समेत ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्रका बासिन्दालाई सहजता ल्याइदिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले सडकको ट्रयाक खोलिदिएपछि पिठ्युमा भारी बोक्नुपर्र्ने समस्या पनि हटेको छ । उपचार गराउन घण्टौं हिँडेर अस्पताल जानुपर्ने बाध्यता पनि हटेको छ ।
सडकले दुर्गम गाउँहरुलाई पनि सहजै जोडिदिएपछि गाउँमा उत्पादित तरकारीदेखि अलैँची र जडिबुटीले पनि राम्रो बजार पाएको स्थानीय बताउँछन् । मध्यपहाडी राजमार्गबाट खोलिएको ट्रयाक नै फराकिलो र सहज भएकाले ट्रक, ट्रयाक्टर, बसदेखि साना सवारी साधन गाउँ–गाउँसम्म पुगेका छन् ।
मूल सडक बनेपछि अहिले प्रत्येक गाउँ र वडासम्म पुग्न सहायक मार्ग समेत निर्माण भइरहेपछि गाउँ सडक सञ्जालसँग जोडिएसँगै सहता आएको बताइएको छ । अहिले सडक विकासपछि गाउँका कृषकहरु व्यवसायिक हुने क्रम समेत बढेको छ । गाउँका कृषकहरु अलैँची, तरकारीबाली, बाख्रापालन, गाईपालनलगायत पेशामा व्यवसायिक बन्न थालेका हुन् ।
दश वर्षअघि आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम गरी सडकलाई चौडा बनाइएको छ । झण्डै १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्ड छुट्याएर सडक निर्माणको काम भइरहेको छ ।
पूर्वमा नेपाल–भारत सिमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।
मध्यपहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोडेको छ । त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेटेको छ ।
पूर्व–पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो त्यो लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको बताइन्छ । यस वर्ष पूर्वमा ३० र पश्चिममा ३० किलोमिटर कालोपत्रे हुँदैछ । यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोडिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।