नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
विश्व आर्थिक मञ्चले प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गरी खाद्य असुरक्षा घटाउन सक्ने निष्कर्षसहित कृषि प्रविधिको प्रयोग बढाउन आह्वान गरेको छ ।
विश्व आर्थिक मञ्चले एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी कृषि प्रणालीलाई आकार दिन र खाद्य सुरक्षामा योगदान पुर्याउने उदीयमान प्राविधिक समाधान र रणनीतिबारे सुझाव दिएको हो । 'एग्रिटेक : शेपिङ एग्रिकल्चर इन इमर्जिङ इकोनमिज, टुडे एन्ड टुमराे' नामक प्रतिवेदनले कृषि क्षेत्रमा चौथो औद्योगिक क्रान्ति प्रविधिको एकीकरणमा जोड दिएको छ ।
प्रतिवेदनमा प्रविधि परिवर्तन समावेशी होस् भन्ने उद्देश्यले ठूलो मात्रामा समाधान गर्न र सुनिश्चित गर्नसमेत आह्वान गरेको समाचार संस्था एएनआईले जनाएको छ । मौसम पूर्वानुमानका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, किसानसम्म सूचना प्रवाहका लागि संचारको प्रयोग, ठाउँ र भूगोलअनुसार सुझाव दिनसक्ने एप्लिकेशनहरूको प्रवर्द्धनलगायतको माध्यमबाट कृषि प्रणाली सुधार गर्न सक्ने मञ्चको विश्वास छ ।
जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक प्रकोपको बढ्दो आवृत्ति र माटोको क्षयजस्ता चुनौतीहरूले विश्वव्यापी रूपमा खाद्यान्न उत्पादनमा गम्भीर खतरा उत्पन्न भइरहेको भन्दै यो अवस्थामा अनुकूलनका लागि प्रविधिको प्रयोग उचित हुने मञ्चको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।