भारत, चीनलगायत ब्रिक्स राष्ट्रलाई ट्रम्पकाे चेतावनी– ‘डलरको विक...
मंसिर १६, २०८१ आइतबार
अभिनेता रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ प्रदर्शनको मिति नजिकिँदै गर्दा दर्शकमाझ उत्सुकता र कौतुहलता दिनप्रतिदिन बढाइरहेको छ । चलचित्र रिलिज हुन केही समय मात्रै बाँकी रहँदा यस चलचित्रको मेकिङ्ग भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा अभिनेता अक्षय कुमार चलचित्रका लागि कसरी तयार हुन्थे भन्ने कुराको खुलासा भएको छ । अक्षयले आफ्नो भूमिकाको लागि गरेको कडा मेहनत र मेकअपका लागि कसरी घण्टौं समय लाग्थ्यो भन्ने कुरा सार्वजनिक भएको छ ।
चलचित्र ‘२.०’ को ट्रेलर लञ्चको कार्यक्रममासमेत अक्षयले चलचित्रका लागि पहिलो पल्ट यति धेरै मेकअप गर्नुपरेको र चलचित्रका लागि तयार हुन घण्टौं समय लागेको बताएका थिए ।
— 2.0 (@2Point0movie) November 16, 2018
उनले भनेका थिए ‘यो भूमिका निर्वाह गर्न निकै मुस्किल भएको थियो । किनकी यसका लागि निकै धेरै मेकअप गर्नु पथ्र्यो । यस भूमिकाको लागि लगभग ४ घण्टासम्म मेकअप गर्नु पर्थ्याे भने मेकअप निकाल्न डेढ घण्टा लाग्थ्यो । यति धेरै मेकअप मैले मेरो सारा जिवनमा लगाएको थिएन ।’
अक्षयले यस चलचित्रमा मानवहरुको दुश्मनको भूमिका निर्वाह गरेका छन् । जसको रुप एक बाझको जस्तै हुन्छ । सार्वजनिक मेकिङ्ग भिडियोमा अक्षय कुमार कति मुस्कीलहरुको सामना गरेर यस भूमिकाको लागि तयार हुन्थे भन्ने कुरालाई देखाइएको छ
रजनीकान्त र अक्षय कुमार अभिनित यो चलचित्र नोभेम्बर २९ मा प्रदर्शन हुनेछ । चलचित्रमा अक्षय कुमार र रजनीकान्तसँगै अभिनेत्री एमी ज्याक्सनको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
चलचित्रको निर्देशन यस अघि फिल्म ‘रोबोट’ को निर्देशन गरिसकेका निर्देशक शंकरले गरेका छन । यस फिल्मलाई बलिउडकै अहिलेसम्मका चलचित्रहरु मध्यको महंगो फिल्म बताइएको छ । यो फिल्म ५५० करोड भारतिय रुपैयाँको बजेटमा तयार भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।