पालिका उपचुनाव : केही ठाउँमा आजै मतगणनाको तयारी, पर्सि बिह...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेगमा आज राति स्पेनी क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिख खेल्दैछन् ।
यो खेलमा राति पौने १ बजे रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउ स्टेडियममा हुनेछ । यसअघि बार्यनको घरेलु मैदान एलिनाज एरिनामा भएको सेमिफाइनलको पहिलो लेगमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
क्वार्टरफाइनलमा रियल मड्रिडले इङ्ग्लिस क्लब म्याचनेस्टर सिटी र बार्यन म्युनिखले अर्काे इङ्ग्लिस क्लब आर्सनललाई हराएर अन्तिम चारमा पुगेका हुन् । च्याम्पियन्स लिगमा रियल मड्रिड सबैभन्दा सफल टिम हो । रियलले सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यस्तै बार्यन म्युनिखले छ पटक उपाधि जितेको छ ।
यसैबीच गए राति भएको खेलमा पेरिस सेन्ट जर्मेइन (पीएजसी) लाई हराउँदै बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।