पृथ्वीसँग सौर्य आँधी ठोक्किएपछि उत्तरी गोलार्धकाे आकाश रङ्गिन देखियो

 वैशाख ३०, २०८१ आइतबार १२:३८:२२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ ।

हिजो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गरेको थियो ।

बेलायतमा प्रमुख रूपमा प्रदर्शन भएको उत्तरी रोशनीको प्रभाव यो हप्ताको अन्त्यसम्म रहने एनओएएले जनाएको छ । वेलायतमा धेरैले सामाजिक सञ्जालमा रङ्गिन आकाशको फोटो सार्वजनिक गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया