यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाउनुभएको छ । पुटिनले लामो समयदेखि आफ्नो सहयोगी रहँदै आएका शोइगुलाई युक्रेनसँग युद्ध चलिरहेकै बेला पदबाट हटाउनुभएको बीबीसीले जनाएको छ ।
६८ वर्षका शोइगु सन् २०२१ देखि रक्षामन्त्री हुनुहुन्थ्यो । उहाँलाई रुसको सुरक्षा परिषद्को प्रमुख बनाउन लागेको बीबीसीको खबरमा उल्लेख छ । रक्षामन्त्रीमा उपप्रधानमन्त्री आन्द्रे बेलोउसुफलाई नियुक्त गर्ने तयारी रहेको छ । रुसले युक्रेनमा शुरु गरेको युद्धमा शोइगुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
राष्ट्रपति पुटिनले शक्तिशाली सुरक्षा परिषद्को प्रमुखबाट निकोलाई पात्रुशेभलाई हटाएर शोइगुलाई नियुक्त गर्न लाग्नुभएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षामन्त्री नियुक्त हुन लागेका अर्थशास्त्री बेलोउसुफसँग भने सैन्य जानकारी निकै कम रहेको खबरमा उल्लेख छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले गैरसैनिक पृष्ठभूमिका व्यक्तिलाई रक्षामन्त्री बनाउन लागिएको कुरालाई नवीनता भन्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसको कुल गार्हस्थ्य उत्पादनको ठूलो अंश सैन्य क्षेत्रमा खर्च हुने गरेको छ । सैन्य खर्चलाई रुसको अर्थतन्त्रमा जोड्नका लागि पनि नवीनता आवश्यक रहेको प्रवक्ता पेस्कोभले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।