कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

 जेठ १, २०८१ मंगलबार १२:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि आफ्नो माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ ।

बैठकअघि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । कांग्रेसले लामो समयदेखि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस्तै कांग्रेसले संसद्मा गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषय पनि उठाउने भएको छ । सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै कांग्रेसले यो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग अघि सार्ने भएको हो । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी स्टेटको स्वामित्वमा रहेको जग्गा हदबन्दीभन्दा बढी सट्टाभर्ना गर्न रोक लगाएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया