आईपीएल क्रिकेटमा दिल्लीले लखनउलाई १९ रनले हरायो

 जेठ २, २०८१ बुधबार ६:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई  १९ रन हराएको हो ।  दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।

लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । दिल्लीका ईशान्त शर्माले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । उसका अभिषेक पोरेलले  सर्वाधिक ५८ रन बनाए  । लखनउका नवीन उल हकले २ विकेट लिए ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्ली १४ खेलमा १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स् खेल्दैछन् । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया