सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

 जेठ ४, २०८१ शुक्रबार ६:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले हिजो निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध गएको वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट निवेदन दायर गर्नुभएको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि पहिलोपटक दाबी पेस गर्न समय दिँदा एकीकृत समाजवादीको समर्थनसहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

त्यही समयमा नाउपाकै कैलाश चौधरीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गर्नुभएको थियो । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीलाई खारेज गरी फेरि दाबी पेसका लागि समय दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया