संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

 जेठ ८, २०८१ मंगलबार ७:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सहकारीको रकम हिनामिनाका विषयमा छानबिन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । बैठक कानुन मन्त्रालयमा बिहान ९ बजेपछि शुरु हुनेछ । कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने प्रयास गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन ।

यसअघि अस्ति आइतवार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । हिजो कार्यदलको बैठक बसेन । गएको शनिवार बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल कांग्रेसका शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको संयोजकमा कानुनमन्त्री एवम् एमालेका नेता पदम गिरी हुनुहुन्छ । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल रहनुभएको छ ।

नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा कांग्रेसको मागमा अहिलेसम्म सहमत भएका छैनन् । सहमति नजुट्दा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

कांग्रेसले हिजो पनि संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुभएको छ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया