अमेरिकामा भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाल विजयी

 जेठ १२, २०८१ शनिबार ८:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टी–२० विश्वकपको तयारीका लागि अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४० रनमात्रै बनायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । ह्युस्टनसँग नेपालले आज राति दोस्रो अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ । नेपालले जेठ १४ क्यानडा र जेठ १७ गते अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलङ्का, बङग्लादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ गते अमेरिकाको डालास र जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । यस्तै जेठ ३२ गते दक्षिण अफ्रिकासँग र असार २ गते बङग्लादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।  

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया