उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आईसीसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।
टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।
त्यस्तै अमेरिका र बङग्लादेशबीच अस्ति मङ्गलवार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिख अर्थात पर्सि आइतवारदेखि शुरु हुँदैछ ।
नेपालले पहिलो खेल जेठ २२ गते मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङग्लादेश छन् । यस्तै समूह ’ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह ’बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्गल्यान्ड छन् । समूह ’सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।