अल नासरलाई हराउँदै किङ्स कप फुटबलको उपाधि अल हिलालले जित्यो

 जेठ १९, २०८१ शनिबार ९:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी प्रो लिग च्याम्पियन अल हिलालले किङ्स कप फुटबलको उपाधि जितेको छ । किङ अब्दुल्लाह स्पोट्र्स सिटी जेदामा गएराति भएको खेलमा ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडी रहेको अल नासरलाई ५–४ गोलले हरायो ।

हिलालका दुई र नासरका एक खेलाडीले रातो कार्ड पाएका थिए । निर्धारित समयमा एक/एक गोलको बराबरी र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाईब्रेकर हुँदै सडनडेथमा पुगेको थियो । अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गरे । रुवेन नेभेस र साउद अब्दुल हामिदले गोल गर्न सकेनन् ।

अल नासरमा क्रिस्टियानो रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गरे । एलेक्स टेलास, अली अल हसन र मेसरी अल नेमेरले गोल गर्न सकेनन् । त्यसअघि खेलको सातौँ मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो । तर, निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा एमन अहमेदले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अल हिलालले यो सिजन तीन उपाधि जितेको छ । उसले यसअघि प्रो लिग र सुपर कपको उपाधि जितेको थियो ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया