नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेशलाई ३–१ सोझो सेटमा हरायो । यस्तै अर्काे खेलमा नेपाल पुलिस क्लबले न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा हरायो ।
यस्तै आज भएका खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । आर्मीले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । यस्तै गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० र पुलिसले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो । प्रतियोगितामा पुरुषतर्फ अहिले हेल्प नेपाल र कोशी प्रदेश खेलिरहेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा पर्सि मङ्गलवार तीन वटा तथा अरू दिन दुई वटा खेल हुनेछ । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच जेठ २६ गते फाइनल खेल हुनेछ ।
पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।