आईसीसी टी–२० विश्वकप क्रिकेट : नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य

 जेठ २१, २०८१ सोमबार ८:२४:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो ।

खेलको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटिएको हो । ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमन एक्लैले ४ विकेट लिए । केहीबेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ । विश्वकपमा आजै राति सवा ८ बजे  दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया