उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भएकी छिन् ।
बैंकले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै भण्डारीलाई सद्भावना दूत नियुक्त गरेको जानकारी दिएको छ । वर्षको आठ लाख रुपैयाँ बराबरको ‘ट्रेनिङ किट’ अर्थात् प्रशिक्षण सामग्री दिने गरी बैंक र भण्डारीबीच एक वर्षको सम्झौता भएको हो ।
सम्झौताअनुसार सावित्रा भण्डारी एक वर्षका लागि बैंकको ब्रान्ड एम्बेसडरका रूपमा रहनेछिन् र सम्झौताबापत बैंकको प्रचारमा सहयोग गर्नेछिन् । सम्झौता कार्यक्रममा भण्डारीले गाँउको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।