उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह 'बी' को खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । गएराति अस्ट्रेलियाले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा छ विकट गुमाएर एक सय ६५ रन मात्रै बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि कप्तान जोस बटलरले ४२ र फिल साल्टले ३७ रन बनाए । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । यस्तै जोस हेजलउड र एडम जम्पाले समान एक विकेट लिए ।
यसअघि बार्बाडसमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनरद्वय डेभिड वार्नरले ३९, ट्राभिस हेड ३४, मिचेल मार्स ३५ र मार्कस स्टोइनिसले ३० रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । यस्तै मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।
लगातार दोस्रो खेल जितेको अस्ट्रेलिया चार अङ्कका साथ समूहको शीर्षस्थानमा छ । इंग्ल्यान्ड एक अङ्कका साथ चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।