उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटकाे 'सुपर–आठ' काे आफ्नाे दाेस्राे खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएकाे छ ।
बारबडाेसकाे केन्सिङ्टन ओभलमा आज बिहान भएकाे खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायाे । अमेरिकाले दिएकाे १ सय २९ रनकाे लक्ष्य वेस्ट इन्डिजले ५५ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायाे । वेस्ट इन्डिजका शाई हाेपले नट आउट ८२ रन बनाए । यस्तै निकाेलस पुरनले नट आउट २७ रन जाेडे । अमेरिकाका हरमीत सिंहले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे अमेरिका १९ ओभर ५ बलमा १ सय २८ रनमा अल आउट भयाे । अमेरिकाका एन्ड्रिस गउसले २९, नितिश कुमारले २० रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रस्टन चेसले समान ३ तथा अल्जारी जाेसेफले २ विकेट लिए ।
याे जितसँगै 'सुपर आठ' काे 'समूह–२' रहेकाे वेस्ट इन्डिजले २ खेलमा २ अङ्क जाेडेर तालिकाकाे दाेस्राे स्थानमा छ । यसअघि आफ्नाे पहिलाे खेलमा वेस्ट इन्डिज इङ्गल्यान्डसँग र अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएकाे थियाे । लगातार दाेस्राे हारसहित आयाेजक अमेरिका सेमिफाइनलमा पुग्ने असफल भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।