अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा ची...
मंसिर १६, २०८१ आइतबार
बाँके – बैद्यनाथ गाउँपालिका–७ बाट गएको वैशाख ५ मा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी भएको खुलेको छ । माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडेकी गणेश ठकुरीकी श्रीमती भुटानमा बेचिएको र बन्दी भएको खुलेको हो ।
रोजगारीका लागि भारतमा रहेका ठकुरी श्रीमती हराएको चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लाग्नुभएको थियो । खोजी गर्दा पनि श्रीमती सम्पर्कमा नआएको र पछि नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले ३० हजार भारतीय रुपैयाँमा बेचबिखन गरेको थाहा पाएको उहाँको भनाइ छ ।
भुटानमा गाडी चलाउने नेपाली चालक सुरज विकमार्फत खबर पाएपछि मात्रै भुटानमा बेचिएकोबारे थाहा भएको गणेशको भनाइ छ । सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको गणेशले बताउनुभयो । जतिसक्दो चाँडो उद्दारका लागि पहिल गरिदिन प्रहरी प्रशासनमा अनुरोध गरेको उहाँले बताउनुभयो ।
वडाअध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा जानकारी आएको र लगत्तै खोजीका लागि चारैतिर पहल गरिरहेको बताउनुभयो । प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उहाँले बताउनुभयो । अहिले भुटानमा रहेको निश्चित भएसँगै जतिसक्दो छिटो नेपाल झिकाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।