नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – बिहीबार रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका विदेशी मुद्रा बुधबारकै मूल्यमा साट्न सकिनेछ । बिहीबार विदेशी मुद्राको भाउ स्थिर छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ८८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०२ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ०५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।