उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ प्रतियोगितामा भाग लिँदै गरेकी श्रृङखला खतिवडाबाट नेपालले पहिलेको तुलनामा बढी आशा गरेको छ ।
मिस वर्ल्डको फिनाले हुनुअघि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यी इभेन्टहरुमा जित्नेहहरुले सिधै क्वार्टरफाइनल अर्थात उत्कृष्ट ३० सम्म पुग्ने अवसर पाउँछन् ।
अहिलेसम्म टप मोडल कम्पिटिशन र बेस्ट डिजाइनर कम्पिटिशन भइसकेका छन् ।
सर्वोत्कृष्ट मोडलको उपाधि फान्सकी सुन्दरी माईभा कोउकेले जितेकी छिन् । यो उपाधि जितेसँगै उनी उत्कृष्ट ३० मा पुग्ने पहिलो प्रतिस्पर्धी बनेकी छिन् ।
यो प्रतियोगितामा नेपालकी श्रृंखला १ सय २१ जना प्रतिस्पर्धीमध्ये टप ३० सम्म पुगिन् । मिस वल्र्डको फिनाले हुनुभन्दा अगाडि हुने प्रतिस्पर्धामध्ये मल्टिमिडिया, हेड टु हेड च्यालेन्ज, र ब्युटी विथ पर्पस जारी रहेका छन् ।
मल्टिमिडियामा श्रृङखलाले भारी अग्रता हासिल गरेकी छिन् । यदि उनले यसमा सर्वाधिक भोट प्राप्त गरिन् भने उनी सिधै क्वार्टरफाइनल अर्थात उत्कृष्ट ३० मा पुग्नेछिन् ।
चीनको सान्यामा आउँदो ८ डिसेम्बरमा मिस वल्र्डको फाइनल इभेन्ट हुनेछ । मिस वल्र्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया पनि एउटा हो ।
टप मोडलको उत्कृष्ट ३० मा पुगेसँगै श्रृंखलाले र्याम्प मोडलिङ आफ्नो कमजोरी भएको र यस प्रतियोगितामा उत्कृष्ट ३० मा पुग्दा पनि आफू सन्तुष्ट भएको उल्लेख गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा केही तस्बिरहरु सेयर गर्दै यसअघि भएको बेस्ट डिजाइनरमा भने सुखद अनुभव नभएको उल्लेख गरेकी छिन् । बेस्ट डिजाइनरमा श्रृंखलाको लागि मनिष राईले न्युड पिंक कलरको गाउन तयार पारेका थिए ।
तिघ्रामा चिरिएको यो गाउनको पछाडिको भाग सलले सिंगारिएको थियो । जुन हामी श्रृंखलाले सेयर गरका तस्बिरमा पनि देख्न सक्छौँ ।
तर यो ड्रेस लगाएर श्रृंखला राम्रोसँग हिँड्न सकिनन् । यो गाउन लगाएर धेरै पटक अभ्यास गरेको भए पनि पछि गाउनमा थपिएको लम्बाई र त्यसमा थप भरिएका भारी बुट्टाले उनलाई अप्ठ्यारो भइदियो । किनभने गाउनमा जडित मोती र अन्य सजावटहरु एकअर्कामा अल्झिएपछि उनलाई हिँड्न गाह्रो भएको थियो ।
श्रृंखलाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अभ्यास गर्दा म बिस्तारै आरामले हिँडेकी थिएँ । तर, र्याम्पमा हाम्रो कोरियोग्राफी फास्ट थियो । पछाडिको सल अल्झिएर मलाई हिँड्न असहज भयो ।’
यो सँगै श्रृंखलाले डिजाइनर आफैंमा छुट्टै प्रतिस्पर्धा भएकाले यसमा पछि पर्दैमा समग्र प्रतियोगितामा असर नपर्ने स्पष्ट पारेकी छिन् ।
–उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।