प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्...
मंसिर १४, २०८१ शुक्रबार
इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।
बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको बीबीसीले जनाएको छ ।
सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।
इजरायली सेनाले दिएको जानकारीअनुसार बन्धक बनाएका दुई सय ५१ जनामध्ये एक सय ११ जना अझै हमासको हिरासतमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।