पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ पहिलो चरणबाटै बाहिरिइन्

 साउन १४, २०८१ सोमबार १४:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् ।

पेरिस ओलम्पिकको ब्याडमिन्टनतर्फ आजै राति १२ बजेर ५५ मिनेटमा प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दैछन् । प्रिन्सले समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्दैछन् । नुयन वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् । समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्नेछन् । समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए ।

यसअघि पेरिस ओलम्पिकको ‘शुटिङ’ मा सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी थिइन् । यस्तै टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि बाहिरिएका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया