डाेटी दुर्घटना अपडेट : ज्यान गुमाएका सबैको सनाखत भयो

 मंसिर ७, २०७५ शुक्रबार १०:३६:४० | विमल बिष्ट
unn.prixa.net

डोटी – रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ । 

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका ७ का २४ वर्षीय शंकर जोरा, यही नगरपालिका ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका ११ की २५ वर्षीया गोदा भाट, यही नगरपालिका ८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् । 

त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउपालिका ३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका ३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तिलक खाती, यही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका १० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विक ज्यान गएको छ । 

ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । 

डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकाको उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ । दुई जना डिस्चार्ज भएका छन् भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया