नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।
आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर गरेको आक्रमणमा २३ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एउटा स्वास्थ्य चौकीलाई लक्षित गरेर रकेट प्रहार गरेको थियो । एलफशरको दक्षिणी भागमा सरकारी उपस्थिति नरहेकाले यसबारेमा सुडानको आधिकारिक सरकारले कुनै पनि टिप्पणी र धारणा सार्वजनिक गरेको छैन ।
गएको मे १० तारिखदेखि अलफशरमा सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच ठूला झडप भइरहेका छन् । सुडानमा सन् २०२३ को अप्रिल १५ देखि सशस्त्र प्रहरी बल र आरएसएफबीच भएका लडाइँमा १६ हजार ६ सय ५० जनाको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सुडानमा अहिले एक करोड सात लाख जना मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् २२ लाख जनाले अन्य छिमेकी देशहरूमा शरण खोजिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।