बङ्गलादेशमा विद्यार्थीको आन्दोलन फेरि चर्कियो : देशभर कर्फ्यू, इन्टरनेट बन्द

 साउन २१, २०८१ सोमबार ९:४३:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले हिजो बेलुका ६ बजेदेखि देशैभर कर्फ्यूको घोषणा गरेको छ ।

कर्फ्यू अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने गृह मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा भइरहेको प्रदर्शन  हिंसात्मक हुँदा अहिलेसम्म ९० जनाको ज्यान गइसकेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत  गर्दै बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न माग गरेका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।

गएको महिना विद्यार्थी सङ्गठनहरूले यही नियमको विरोधमा प्रदर्शन गरेपछि अदालतले धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आम मानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको थियो । विद्यार्थीहरुले फेरि सबै आरक्षण हटाउनुपर्ने भन्दै प्रभानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन शुरु गरेका हुन् । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया