मंसिर ११ गते सामाजिक सुरक्षा दिवस, सबै श्रमिकले पेन्सन या उपदान पाउने

 मंसिर ७, २०७५ शुक्रबार १७:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं– सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। यसअघि मन्त्रिपरिषद बैठकले हरेक वर्षको मंसिर ११ लाई सामाजिक सुरक्ष दिवस मनाउने निर्णय गरेको थियो ।

११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा हुनेछ । मन्त्रालयका सचिव महेश प्रसाद दहालका अनुसार  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।

सबै श्रमिकलाई औषधि उपचार, दुर्घटना, आश्रित परिवार सुरक्षा तथा वृद्धाभत्ता सुरक्षा दिने उद्देश्यका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले पनि पेन्सन या उपदान पाउनेछन्। यस्तै बिरामी हुँदा उपचार सुविधा पनि पाइनेछ ।

यसबारे थप जानकारीको लागि याे पढ्नुहाेस् :

अब सबै श्रमिकलाई पेन्सन

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया