उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – पाकिस्तानले ओलम्पिक इतिहासमै व्यक्तिगत विधातर्फ पहिलो स्वर्ण पदक जितेको छ । पेरिस ओलम्पिकमा पाकिस्तानका अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमानसहित ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका हुन् ।
गएराति सम्पन्न खेलमा भारतका साविक स्वर्ण विजेता निरज चोपडालाई पछि पार्दै नदिमले स्वर्ण जितेसँगै ४० वर्षपछि पाकिस्तानमा स्वर्ण पदकको खडेरी पनि तोडिएको छ । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो ।
नदीम ट्र्याक एन्ड फिल्डमा स्वर्ण जित्ने दोस्रो दक्षिण एशियाली खेलाडीसमेत बनेका छन् । प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित शीर्ष स्थानमा छ । चीन २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित दोस्रोमा छ । यस्तै तेस्रो स्थानमा रहेकाे अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।