विश्वकप लिग–२ को दोस्रो शृङ्खलाको तयारीका लागि नेपाली टोली भारत जाँदै

 साउन २८, २०८१ सोमबार १३:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो श्रृङ्खलाको तयारीका लागि आज नेपाली टोली भारत जाँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार भारतको बेङ्गलाेरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ताको प्रशिक्षणका लागि नेपाली टोली भारत जान लागेको हो ।

नेपालले आउँदो सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वकप लिग–२ को दोस्रो शृङ्खला खेल्ने छ । त्यसको तयारीका लागि क्यानले नेपाली टोलीलाई भारत पठाउन लागेको हो । क्यानले बन्द प्रशिक्षणमा २२ जना खेलाडीलाई बोलाए पनि १९ जना मात्र सहभागी हुनेछन् ।

टिममा परेका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामै ग्लोबल टी–२० लिग खेलिरहेकाले उनीहरू उतैबाट टोलीमा सहभागी हुनेछन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया