मध्यपूर्वको अवस्थाबारे युरोपेली देशको संयुक्त वक्तव्य जारी

 साउन २९, २०८१ मंगलबार १२:२८:५५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे /एजेन्सी

युरोपेली संघमा आबद्ध देशले मध्यपूर्वको अवस्थाबारे संयुक्त वक्तव्य निकालेका छन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले वक्तव्य निकालेर यस क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकको रिहाइको लागि सम्झौतामा पुग्न पूर्ण समर्थन व्यक्त गरेका छन् ।

उनिहरुले अमेरिकी राष्ट्रपति जो बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सिसी र कतारका अमिर तमिमको संयुक्त आह्वानलाई यस हप्ताको अन्त्यमा चाँडोभन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ वार्तालाई समर्थन गर्ने जनाएका छन् ।

यसैबीच पाँच देशले इरानी आक्रमण र विद्रोही सङ्गठनविरुद्ध इजरायलको रक्षाको लागि आफ्नो समर्थन व्यक्त गरेका बीबीसीले जनाएको छ । उनिहरुले इरानले इजरायलमा सैन्य आक्रमणको निरन्तर धम्की दिइरहेकामा पनि आपत्ति रहेको जनाएका छन् । यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे पनि छलफल भएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया