बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने

 साउन ३०, २०८१ बुधबार ६:१:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ । गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान शुरू गरेको छ ।

मुद्दामा एक किराना पसलका मालिकको मृत्युको आरोप हसिनासहित पूर्वगृहमन्त्री असदुज्जामान खान, अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिर लगायत सात जनालाई लगाइएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ । गएको जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।

विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर हसिनालाई भारततर्फ भाग्नु परेको थियो । आन्दोलनमा चार सय ५० भन्दा धेरै मानिस मारिएका थिए । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया