बेन स्टाेक्सले श्रीलङ्कासँगकाे टेस्ट शृङ्खला नखेल्ने

 साउन ३०, २०८१ बुधबार १५:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – बायाँ गोडामा ह्यामस्ट्रिङ चोटका कारण इङ्गल्यान्डको टेस्ट टिमका कप्तान बेन स्टोक्सले श्रीलङ्कासँगको आउँदो तीन खेलको टेस्ट क्रिकेट शृङ्खला नखेल्ने भएका छन् । चोटका कारण स्टोक्स इङ्गल्यान्डका घरेलु सिजनबाट बाहिर भएका छन् ।

'द हन्ड्रेड' लिगमा म्यानचेस्ट ओरिजिनल्ससँगको खेलमा स्टोक्सलाई चोट लागेको थियो । 'द हन्ड्रेड' मा उनी नर्दन सुपरचार्जर्सबाट खेलेका थिए । स्टोक्सले 'द हन्ड्रेड' मा हिजो लन्डर स्पिरिटसँगको खेल पनि खेलेनन् ।

अब श्रीलङ्कासँगको टेस्ट शृङ्खलामा उपकप्तान अली पोपले कप्तानी गर्ने भएका छन् । इङ्गल्यान्ड र श्रीलङ्काबीचको टेस्ट शृङ्खला यही अगस्ट २१ तारिखदेखि म्यानचेस्टरमा शुरू हुनेछ ।

यसैबीच इङ्गल्यान्ड क्रिकेट बोर्डले बेन स्टोक्स आउँदो पाकिस्तानको भ्रमणका लागि टोलीमा फर्किन सक्ने जनाएको छ । इङ्गल्यान्ड आउँदो अक्टोबरमा तीन खेलको टेस्ट शृङ्खला खेल्न पाकिस्तान जाने तालिका छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया