१०औँ राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल अगाडि बढ्यो

 साउन ३०, २०८१ बुधबार १८:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे कार्यविधिबारे छलफल अघि बढेकाे छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको टोलीले आज खेलकुद मन्त्रालयमा कार्यविधिबारे छलफल गरी अन्तिम टुङ्गो लगाउने प्रक्रिया अगाडि बढाएको हो ।

१०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ । प्रतियोगिताको एक सय दिनको काउन्टडाउन शुरू भइसकेको छ । गएको शनिवार कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया