प्रिमियर लिगमा टोटनहम र लेस्टर सिटीले बराबरी खेले

 भदौ ४, २०८१ मंगलबार ७:५८:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले एक/एक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले गोल गरेका थिए । तर दोस्रो हाफको ५७ औँ मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले गोल गरे । थप गोल नहुँदा खेल बराबरीमा सकियो । यो बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । यो खेलसँगै लिगमा नयाँ सिजनको पहिलो चरणका १० खेल सकिएका छन् ।

पहिलो चरणमा ब्राइटन, आर्सनल, लिभरपुल, म्यानचेष्टर सिटी, एस्टनभिल्ला, ब्रेन्टफोर्ड, म्यानचेष्टर युनाइटेड र न्यूक्यासलले विजयी सुरुवात गरेका छन् । उनीहरुको समान तीन अङ्क छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया