महिला टी ट्वान्टी विश्वकप यूएईमा हुने

 भदौ ५, २०८१ बुधबार ७:१०:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो । बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

बङ्गलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको जनाएको थियो । तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएको छ ।

बीसीसीआईले विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि यूएई, श्रीलङ्का र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए ।

यूएईले यसअघि सन् २०२१ को पुरुष टी –२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया