त्रिविमा सत्ताधारी दलका भातृ सङ्गठनकै कारण असुरक्षा बढ्याे : सुमना श्रेष्ठ

 भदौ ६, २०८१ बिहीबार १५:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा सत्ताधारी पार्टीकै विद्यार्थी सङ्गठनका कारण प्रशासनिक काम ठप्प भएको र पदाधिकारीहरू डरले कार्यालय जानसमेत नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा सांसद श्रेष्ठले त्रिवि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, समस्या निम्तनुमा प्रधानमन्त्री ओलीकै दलको भातृ सङ्गठनको दादागिरी र अझै पनि प्रधानमन्त्रीले शिक्षक र विद्यार्थीले राजनीति गर्न पाउनुपर्छ भनेर हिँडेको भन्दै व्यङ्ग्य पनि गर्नुभएको छ ।

उहाँले भन्नुभयाे, ‘त्रिविकाे कुलपति प्रधानमन्त्री, क्याम्पसमा प्रधानमन्त्रीकै दलकाे दादागिरी छ । अनि शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रूपमा बोल्दै हिँड्ने पनि प्रधानमन्त्री ।’

आजकाे बैठकमा सांसदहरूले बाढी पहिरोको क्षति, गाडी दुर्घटना लगायतका विषय उठाएका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया