उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अस्ट्रेलियामा 'राइट टु डिस्कनेक्ट' अर्थात् सम्पर्कमा रहिरहन नपर्ने नियम लागू भएको छ । यो नियमले कार्यालय समयपछि रोजगारदाताबाट आउने फोन उठाउन र सन्देशहरू पढ्न बाध्य महसुस गर्ने कर्मचारीहरूलाई राहत प्रदान गर्ने बीबीसीले जनाएको छ ।
यो नियमअनुसार कर्मचारीहरूले कार्यालय समयपछि आउने ईमेल–सन्देश पढ्न या जवाफ दिन नचाहेमा कारबाहीको भागिदार नहुने खबरमा उल्लेख छ ।
गएको वर्ष प्रकाशित एक सर्वेक्षणले अस्ट्रेलियालीहरूले वार्षिक औसत दुई सय ८१ घण्टा बेतलबी ‘ओभरटाइम’ अर्थात् निर्धारित समयभन्दा बढी काम गरेका अनुमान गरेको छ ।
मुख्यतया युरोप र ल्याटिन अमेरिकाका २० वटाभन्दा बढी देशमा समान नियम छ । यो नियमअनुसार रोजगारदाता र कर्मचारीले आपसमा विवाद समाधान गर्ने प्रयास गर्नुपर्छ । यदि समाधान खोज्न असफल भएमा अस्ट्रेलियाको फेयर वर्क कमिसन (एफडब्ल्यूसी) ले कदम चाल्न सक्ने खबरमा उल्लेख छ । एफडब्ल्यूसीले रोजगारदातालाई काम सकिएपछि कर्मचारीलाई सम्पर्क नगर्न आदेश दिन सक्छ ।
यो नियमले कामसँग सम्बन्धित ईमेल, सन्देश र फोनमार्फत आफ्नो निजी जीवनमा हुने निरन्तर हस्तक्षेपविरुद्ध आवाज उठाउन विश्वास दिलाएको कर्मचारीहरूको भनाइ छ ।
यस वर्षको शुरूमा संसद्बाट पारित हुँदा यो ऐनले रोजगारदाता समूहको विरोधको सामना गर्नुपरेको थियो । आलोचकहरूका अनुसार कानूनमा धेरै कमजोरीहरू छन् र कानून हतारमा ल्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।